धादिङबेँशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प

विहीबार, १४ असार २०७५, ११ : १३
धादिङबेँशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प

काठमाडौँ । आज बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेँशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, चितवन र राजधानीमा समेत महसुस गरिएको थियो । विसं २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको प्रमुख अधिकारीले बताउनुभयो ।  (रासस)

 

प्रतिक्रिया दिनुहोस