काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताएबा छन । शनिबार सामाजिक सञ्जालमा लेख्दै ओलीले ३ प्रतिशत मत नकट्ने गठबन्धन घटकले अर्को पार्टीको मत जोड्न सक्ने भन्दै चनाखो रहन निर्देशन दिए ।
अध्यक्ष ओलीले ‘समानुपातिक मतगणना भइरहेको छ । सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ,’ ओलीले सामाजिक सञ्जालमार्फत आफ्ना प्रतिनिधिलाई भन्नुभएको छ, ‘जिल्ला जिल्लामा मतगणनामा रहनुभएका साथीहरू चनाखो रहनुहोस् ।’
त्यस्तै, ओलीले भनेका छन, ‘मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले उत्पादन र रोजगारीका क्षेत्रमा लगानी गर्नुपर्छ : अध्यक्ष ओली
एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता