मध्यविन्दू । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ का नवनिर्वाचित सांसद विनोद चौधरीले निर्वाचनमा आफूले गरेको प्रतिवद्धता पूरा गर्न इमान्दारिताका साथ काम गर्ने बताएका छन् । बर्दघाटमा आज आयोजित कार्यक्रममा बोल्दै चौधरीले पश्चिम नवलरासीको विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताए ।
जनताको जीवनस्तर उकास्नका लागि इमान्दारिताका साथ सेवामा खटिने उनको भनाइ थियो । “चुनावको समयमा मतदातासँग गरेको प्रतिवद्धता पूरा गर्न इमान्दार भएर लाग्नेछु । ती प्रतिवद्धतालाई केवल चुनावी प्रतिवद्धतामा मात्रै सीमित हुन दिन्न”, चौधरीले भने“जनताको जीवनस्तर उकास्न इमान्दारिताका साथ सेवामा खट्ने प्रतिवद्धता व्यक्त गर्छु ।”
मतदाताको सम्मान गर्दै विश्वास टुट्न नदिने बताउदै कसैलाई पक्ष विपक्षीका रुपमा नलिई नवलरासीकोे समस्या समाधानमा अघि बढ्ने उनको भनाइ थियो । “यस क्षेत्रको गरिबीलाई कसरी हटाउन सकिन्छ ? यहाँको समस्या समाधान गर्नुछ । यसलाई सबैसँग मिलेर व्यवस्थापन गर्नेछौँ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डक परियोजनासम्बन्धि भारतसँग भएका सम्झौता कार्यान्वयनका लागि पहल गर्न माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
ममाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजियो : विनोद चौधरी
राजनीतिक भाषणमा होइन, विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी
बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीलाई बयानमा बोलाउँदै अख्तियार
विनोद चौधरीको बयान : सञ्चालक समितिले गरेको निर्णयमा हाम्रो परिवारको भूमिका छैन