काठमाडौँ । सरकारले कर्णाली प्रदेशमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सबै प्रदेशमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने अभियानअन्तर्गत कर्णाली प्रदेशमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण कार्य अघि बढाउने घोषणा गर्नुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन बजेटमाथि प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै उहा“ले सरकारले भौगोलिक कठिनाइ भएकाले हवाइ क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।
मन्त्री अधिकारीले एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुने गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको बताउनु भयो । उहा“ले ३ वर्षभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने योजनाअनुसार कामलाई अघि बढाइएको पनि जानकारी दिनुभयो । मन्त्री अधिकारीले ३ वर्षभित्र सम्पदाहरुको पुनर्निर्माणको कामलाई सम्पन्न हुने गरी बजेटको व्यवस्था गरिएको प्रष्टपार्नुभयो । उहा“ले सीमित स्रोत र साधनका कारण सोचेअनुसारको कामलाई अघि बढाउन नसकिएको उल्लेख गदै आगामी दिनमा सांसदहरुको माग अनुसारको योजना तथा कार्यक्रमलाई अघि बढाउ“दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस