बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले शुरुवाती अग्रता लिएका छन् । दुई हजार पाँच सय ३० मत गणना हुँदा शुक्लाले ९९५ मत प्राप्त गरेर अग्रता हासिल गरेका छन् ।
शुक्लालाई कांग्रेसका प्रमोद यादवले पछ्याएका छन् । यादवले सात सय २४ मत प्राप्त गर्दा सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव रहेका भोपेन्द्र यादवले चार सय ९३ र जसपाका ओमप्रकाश यादव गुल्जारीले ३१ मत पाएका छन् ।
मुख्य निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार यो क्षेत्रमा एक लाख १० हजार ६ सय ५९ मतदाता रहेकामा ७० प्रतिशत मत खसेको छ । ०७४ को निर्वाचनमा कांग्रेसका प्रमोद यादव विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने
लोसपाले जनमतबाहेक सबै दलसँग सहकार्य गर्ने
लोसपाको बैठक आजपनि बस्दै
लोसपाः केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने