काठमाडौं । नेपालका विभिन्न जिल्लामा रहेका कारागारमा १ हजार २८९ जना विदेश कैदीबन्दी रहेका छन् । २०७९ असोज मसान्तसम्म उक्त संख्यामा विदेशी कैदीबन्दी नेपालका कारगारमा रहेको कारागार व्यवस्थापन विभागले जनाएको हो ।
विभागका अनुसार हाल नेपालमा २० देशका कैदीबन्दी रहेका छन् । भारत, भुटान, चीन, पाकिस्तान, बोलिभिया, क्यानडा, बंगलादेश, दक्षिण अफ्रिका, इरान, जर्मनी, डेनमार्क, तान्जानिया, नाइजेरिया, पपुवा न्युगिनी, फ्रान्स, बेलायत, रोमानिया, सेनेगल, सिंगापुर र अष्ट्रियाका नागरिक नेपालका कारगारामा रहेका छन् ।
विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । हाल नेपालमा रहेका विदेशी कैदीबन्दीमध्ये भारतीयको संख्या १ हजार २४ छ ।अघिकांश भारतीय कैदीबन्दीहरु लागूऔषध ओसारपसारमा संलग्न रहेको पाइएको छ । भारतीयपछि नेपालमा रहेका विदेशी कैदैबन्दीमा दोस्रो ठूलो संख्या भुटानीको छ । नेपालको जेलमा हाल ३६ जना भुटानी कैदीबन्दी रहेका छन् ।
विभागका अनुसार नेपालका कारगारमा चिनियाँ ७ जना, पाकिस्तानी ६ जना, बोलिभियन १ जना, क्यानेडियन १ जना, बंगलादेशी ३ जना, दक्षिण अफ्रिकी १ जना, इरानी १ जना, जर्मन २ जना, डेनिस १ जना, तान्जानियाली १ जना, नाइजेरियन २ जना, पपुवा न्युगिनीयाली १ जना, फ्रेन्च १ जना, बेलायती २ जना, रोमानियली ४ जना, सेनेगली १ जना, सिंगापुरीयन १ जना र अष्ट्रियाली १ जना रहेका छन् ।
नेपालका जेलमा हाल स्वदेशी र विदेश गरी कुल कैदीबन्दीको संख्या २७ हजार १९५ जना रहेको छ । जेलमा रहेका कैदीबन्दीमध्ये २५ हजार ७०९ जना पुरुष र १ हजार ४८७ जना महिला छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दार्चुला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी
क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी
गौर कारागारमा पानी पसेपछि कैदी बन्दी छतमा
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि कारागार चलान
कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी
अमेरिकी पत्रकारलाई रुसमा १६ वर्षको कारागार सजाय