दक्षिण कोरिया । रूसीे भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गराउने कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
आइतबार तीन दिन लामो भ्रमण सकी फर्किनुपूर्व सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आफूले रूसी राष्ट्रपति पुटिनसँग उक्त कुरा राखेको बताउनुभयो । उहाँको राष्ट्रपतिका रूपमा रूसमा पहिलो भ्रमण हो ।
मुन शनिबार मेक्सिकोसँग दक्षिण कोरियाले खेलेको विश्वका खेललाई पत्नी किम जोङ सुककासाथ रहेर अवलोकन गर्नुभएको थियो । खेलमा मेक्सिकोले दक्षिण कोरियाली समूहलाई २–१ गोल अन्तरले हराएको थियो ।
भ्रमणका समय राष्ट्रपति मुनले रूसी राष्ट्रपति पुटिनलगायतका अन्य उच्च पदस्थ अधिकारीसँग पनि भेट गर्नुभएको थियो ।
भेटका क्रममा दुई नेताले रूस र दक्षिण कोरियाबीचको सम्बन्धलाई प्रगाढ बनाउने बिषयमा वार्ता भएको थियो । उहाँहरूबीच स्वतन्त्र ब्यापार सम्झौता गर्नका लागि पहल गर्ने कुरामा सहमति भएको जनाइएको छ । (रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस