चार्ज भइरहेका स्मार्टफोन पड्किँदा सिइओको मृत्यु

एजेन्सी

आइतबार, १० असार २०७५, १३ : ३३
चार्ज भइरहेका स्मार्टफोन पड्किँदा सिइओको मृत्यु

स्मार्टफोन पड्किएको खबर बेलाबेला सार्वजनिक भइरहन्छन् तर यसपटक स्मार्टफोन पड्किँदा मलेसियामा क्रेन्डल फन्ड संस्थाका सिइओ नाजरिन हसनको मृत्यु भएको छ ।

खबरका अनुसार चार्ज भइरहेका क्रममा स्मार्टफोनमा भएको बिस्फोटले उनको ज्यान लिएको हो । क्रेडल फन्ड मलेसियाको वित्त मन्त्रालयको स्वामित्वमा रहेको संस्था हो । हसन ब्ल्याकबेरी र ह्वावेका स्मार्टफोनका प्रयोगकर्ता थिए ।

स्रोतका अनुसार घटनाका बेला दुबै स्मार्टफोन उनको बेडरुममा चार्ज भइरहेका थिए । रिपोर्टका अनुसार स्मार्टफोन पड्किँदा कोठामा आगलागी भयो जसले पछि  भयानक रुप लियो । यद्यपी, दुईमध्ये कुन फोन बिस्फोट भयो त्यो भने  जानकारीमा उल्लेख छैन ।

हसनको परिवारका एक सदस्यका अनुसार उनको मृत्यु आगलागीका कारण भएको होइन । उनले सोसल मिडियामा दिएको जानकारी अनुसार उनले चलाउने दुई फोनमध्ये एउटा बिस्फोट भयो जसका कारण फुटेको सिसा उनको टाउको पछाडि छिरेको थियो । यसले उनलाई गम्भीर चोट पुर्याएको थियो । त्यसपछि बिस्फोटपछि कोठामा आगलागी भएको थियो । आगो लाग्नु अघि नै उनको मृत्यु भइसकेको थियो ।

द मलेसियन इनसाइटलाई उनको परिवारका एक सदस्यले भने, ‘उनीसँग दुईवटा फोन थिए, एक ब्ल्याकबेरी र अर्को ह्वावे । कुन फोन पड्कियो, हामीलाई थाहा छैन । दैनिक गरिने सामान्य कामका कारण उनको मृत्यु हुन्छ भनेर कसले सोचेको होला । उनका तीन सन्तानले अब बुवा बिना नै आफ्नो जीवन बिताउनुपर्नेछ ।’

आधिकारिक बयानः
यद्यपी, घटनाको अनुसन्धान गरिरहेका अधिकारिका अनुसार उनको मृत्युको कारण अर्को नै छ । पुलिसको दाबी अनुसार उनको मृत्यु स्मार्टफोनको टुक्राका कारण नभई बिस्फोटपछि सास फेर्न गाह्रो भएर भएको हो ।

यसैबीच क्रेन्डल फन्डद्वारा जारी गरिएको एक आधिकारिक बयान भन्छ, ‘पोस्टमार्टम रिपोर्टमा बताए अनुसार उनी नजिकै चार्जमा राखिएको एउटा फोन बिस्फोट पछिको एउछा चोटका कारण उनको मृत्यु भएको हो ।’

प्रतिक्रिया दिनुहोस