काठमाडौं । सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर-४ मा सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताले चाहेको विकास र समृद्धिको अभिलाषालाई पुरा गर्न कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धनको सरकार बन्ने बताए ।
सामाजिक एकता र सदभाव अभिवृद्धि नगरी राष्ट्रिय एकता सम्भव नहुने बताउँदै उनले राष्ट्रिय एकता नभइ देशमा राजनीतिक स्थायीत्व कायम नहुने बताए । राजनीति स्थायीत्व भएपछि मात्रै मुलुकले समृद्धि हासिल गर्ने मन्त्री कार्कीको भनाइ छ ।
मुलुकको मुहार फेर्न, गरिवी र बेरोजगारी अन्त्य गर्न सत्ता गठबन्धनको सरकार लागि परेको उनको भनाइ छ । यसका साथै उनले सुनसरीका युवालाई रोजगार बनाउनुका साथै उहाँको डुवानको समस्यालाई समाधान गर्न आफू गम्भीर रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, १९ : १०
लेखकबाट थप