एजेन्सी । कांग्रेसको भारत जोडो यात्रामा फिल्म ‘केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै कांग्रेस नेता राहुल गान्धीविरुद्ध उजुरी परेको छ । राहुल गान्धीबाहेक कांग्रेस नेता जयराम रमेश र सुप्रिया श्रीनेटविरुद्ध पनि उजुरी परेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार कन्नड फिल्म ‘केजीएफ–२’ को संगीत बिना अनुमति प्रयोग गरेको आरोपमा राहुल गान्धीविरुद्ध उजुरी दर्ता गरिएको छ । यो उजुरी शुक्रबार बैंगलोरको यशवंतपुर पुलिस स्टेशनमा प्रतिलिपि अधिकार कानुनअन्तर्गत गरिएको हो । एमआरटी म्युजिकको व्यवस्थापन सम्हाल्ने एम नवीन कुमारले उजुरी दर्ता गरेका हुन् ।
उजुरीमा भनिएको छ – जयराम रमेशले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट दुई भिडियोहरू पोस्ट गरेका थिए जसमा केजीएफ–२ का दुई प्रसिद्ध गीतहरू अनुमति बिना प्रयोग गरिएको थियो । यी गीतहरूको संगीत अधिकार एमआरटी म्युजिकसँग छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० कार्तिक २०७९, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत
'मोदी र शाहले शेयर बजारमा गरेको टिप्पणी बारे संसदीय समितिले छानबिन गर्नुपर्छ' : राहुल गान्धी
एक्जिट पोल 'मोदी मिडिया पोल' हो, सरकार हाम्रै बन्छ : राहुल गान्धी