काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालमा करिव साढे ६२ अर्बको पेट्रोल, डिजेल र एलपी ग्यास भित्रिएको छ ।२०७९ को साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको पेट्रोल, डिजेल र एलपी ग्यास नेपालले आयात गरेको हो ।
सो अवधिमा नेपालले ६२ अर्ब ४६ करोड ६१ लाख ६८ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार बितिको तीन महिनामा नेपालले भारतबाट २९ अर्ब २९ करोड ८१ लाख २४ हजार रुपैयाँको डिजेल, १८ अर्ब २२ करोड ४४ लाख १५ हजार रुपैयाँको पेट्रोल र १४ अर्ब ९४ करोड ३६ लाख २९ हजार रुपैयाँको एलपी ग्यास आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले १४ अर्ब ९ करोड ५० लाख ३४ हजार रुपैयाँ बढीको पेट्रोल, डिजेल र एलपी ग्यास आयात गरेको छ ।
गत आर्थिक वर्षको साउन देखि असोजसम्म तीन महिनाको अवधिमा नेपालले ४८ अर्ब ३७ करोड ११ लाख ३४ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट आयात गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङकले नेपालले सबैभन्दा बढी मुल्यमा आयात गरेको तीन वस्तुमा क्रमसः डिजेल, पेट्रोल र एलपी ग्यास रहेको देखाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ कार्तिक २०७९, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोल र डिजेलको मूल्य बढ्यो
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
बढ्यो पेट्रोल-डिजेलको मूल्य
पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन काँग्रेसद्वारा ध्यानाकर्षण
घट्यो पेट्रोल, डिजेलको मुल्य, कति पर्छ लिटरको ?
घट्यो पेट्रोल र डिजेलको मूल्य