काठमाडौं । भक्तपुर र नवलपरासी (पूर्व)बाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेटसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्द छन् ।
उनलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी(पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट नियन्त्रित लागूऔषध नुर्फिन २३ एम्पुल, फेनारगन २३ एम्पुल र डाईजेपाम २३ एम्पुलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–४ बस्ने २८ वर्षीय बम बहादुर क्षेत्री छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले ना.६१ प १३४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक क्षेत्रीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ कार्तिक २०७९, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ