एजेन्सी । म्यानमारको काचिन राज्यमा सेनाको हवाई हमलामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । काचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) को राजनीतिक समूहको ६२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले हवाई आक्रमण गरेको केआईएका प्रवक्ता नाउ बुले रायटर्ससँग कुराकानी गर्दै जानकारी दिएका छन् ।
स्थानीय सञ्चारमाध्यम द इरावडीले सो आक्रमणमा कम्तीमा ५० जना मारिएको समाचार प्रकाशित गरेको छ । यसको आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी रहेको छ । अमेरिकामा रहेको यसको शुभेच्छुक संस्था काचिन एलाएन्सले सो घटनामा मारिनेमा काचिन कलाकार, स्थानीय र केआईओका नेताहरू रहेका छन् ।
सैन्य जुन्ताले कू गर्दै सत्ता आफ्नो हातमा लिएसँगै म्यानमारमा द्वन्द्व जारी रहेको छ । मानव अधिकारवादी संस्थाहरूले त्यसयता त्यहाँ स्वतन्त्रता र अधिकारको अवस्था निकै कमजोर बनेको बताउँदै आएका छन् । सेनाले विद्यालय समेतमा हिंस्रक आक्रमण गर्ने गरेको ती संस्थाहरूले जानकारी दिएका छन् । देशभर नै जुन्ताको शासनविरुद्ध विद्रोही समुहहरु खडा भएका छन् ।
सीएनएन
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०८ कार्तिक २०७९, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु
यागी चक्रवातपछि म्यानमारमा भीषण बाढी, दुई लाखभन्दा बढी मानिस प्रभावित
म्यान्मारमा थप ६ महिनाका लागि संकटकाल थपियो
आङसान सुकी सैनिक जेलबाट रिहा, घरमै नजरबन्दमा राखिने