दोधारा चाँदनी । सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ। तिहार सुरु भएसँगैै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक सिंहले बताए।
उनले यस वर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाट समेत फूलको माग बढेको बताए। ‘विगतका वर्षहरूमा भन्दा अहिले फूलको माग धेरै छ’, उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत माग आउन थालेको छ। हामीले मागअनुसार दिन सकिरहेका छैनौँ।’
उनले नेपालगञ्ज, दाङ, कैलालीलगायतका जिल्लाबाट समेत फूलको माग बढेको बताए। ‘यस वर्ष हावापानीका कारणले फूल ढिलो गरी फूलेको छ’, उनले भने, ‘बजार माग धान्नै नसकिने अवस्था छ सोचेअनुसारको फूल फुलेन।’ उनले हालसम्म पाँच सय प्रतिकिलोका र मालाको सयका दरले सयपत्री बिक्री गरिरहेको बताए।
कञ्चनपुरको भीमदत्त नगरपालिका( ८ तिलाचौरमा दुई बिघा जमिन लिजमा लिएर उनले सयपत्री फूलको खेती गरेका छन्। ‘अहिले भारतबाट ठूलो मात्रामा फूल आयात भइरहेको छ, हाम्रो यहाँ उत्पादन छैन’, उनले भने, ‘अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ, अब यसलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारीमा छु।’
यहाँका व्यवसायी दिनेश पन्तले अहिले ग्राहकले पनि सयपत्री फूल खोजिरहेको बताए। ‘यहाँ फूल प्रशस्त छैन, भारतकै भर पर्नुपरेको छ’, उनले भने, ‘अहिले ग्राहकले प्लास्टिकको माला योग गर्न रुचाउँदैनन्, सयपत्री नै खोज्ने गरेका छन्।’ कञ्चनपुर उद्योग वाणिज्य सङ्घले पनि सूचना जारी गर्दै व्यवसायीलाई प्लास्टिकको माला बिक्री वितरण नगर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि व्यवसायीलाई प्लाष्टिकका माला विक्री वितरण नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले उद्योग वाणिज्य सङ्घमार्फत व्यवसायीलाई बिक्री वितरण नगर्न निर्देशन दिएको बताए। ‘हामीले माइकिङ पनि गरिरहेका छौँ, व्यवसायीलाई बिक्री नर्गन निर्देशन दिएका छौँ’, उनले भने, ‘अनुगमनका क्रममा बिक्री वितरण गरिएको भेटिए सामग्री जफत गर्छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ कार्तिक २०७९, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सयपत्रीको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो
गैँडाकोटले सयपत्री फूल जिल्ला बाहिर पठाउँदै
तनहुँको सयपत्री कतार निर्यात
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड
सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी
चालीस रोपनी जग्गामा सयपत्री फूलखेती