युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्न इटलीमा छलफल सुरु

एजेन्सी

शुक्रबार, ०८ असार २०७५, १४ : ३९
युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्न इटलीमा छलफल सुरु

इटली । इटलीले युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्न छलफल सुरु गर्ने भएको छ । सीमामा कडाइ गर्न तथा गैरयुरोपेली आप्रवासीहरूको प्रवाह रोक्नका लागि १० ईयू सदस्य राष्ट्रका नेताहरू  योजना तयारीका लागि  आइतबार ब्रसेल्समा भेला हु“दैछन ।

लिबियाको अस्तव्यस्तता र हिंसाका कारण भागेका अधिकांश अफ्रिकी आप्रवासीहरूका लागि इटली अहिले मुख्य आगमन विन्दु बनेको भन्दै  इटलीको नया“ गठित सरकारले कागजात नभएका पा“च लाख आप्रवासी फिर्ता पठाउने योजना सहित भेला गर्न लागेको जनाइएको छ । इटलीका प्रधामन्त्री जुजेपे कोन्टेले एउटा ईयू देशबाट अर्कोमा आप्रवासीहरूलाई सार्नुभन्दा उनीहरुलाई आउन नै रोक लगाउने योजना तय गर्ने बताइएको छ ।

आप्रवासीमध्ये सबै भन्दा बढि सिरियाली युद्ध वा अन्य द्वन्द्वबाट भागेका शरणार्थीहरू रहेका छन् । उनीहरुसंग सामान्यतया शरण पाउने अधिकार रहेको छ । अघिल्लो हप्ता इटलीले ६ सय ६० जना आप्रवासी बोकेको एउटा जहाजलाई भित्रिन नदिएपछि उसको फ्रान्सस“ग कूटनीतिक विवाद समेत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस