अमेरिकाद्वारा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अलग भएको घोषणा

बुधबार, ०६ असार २०७५, १७ : ०७
अमेरिकाद्वारा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अलग भएको घोषणा

अमेरिका ।  अमेरिकाले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अलग भएको घोषणा गरेको छ । राजनीतिक पूर्वाग्रहरूपी फोहोर थुपार्ने खाल्डोको संज्ञा दिदै अमेरिका संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अलग भएको घोषणा गरेको हो । राजदूत हेलीले विदेशमन्त्री माइक पोम्पेओस“गको एउटा संयुक्त पत्रकार सम्मेलनमा मानव अधिकार परिषद्बाट अलग हुने अमेरिकी निर्णयबारे घोषणा गरेकी हुन ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले पाखण्डी र आफ्नै सेवा गर्ने निकायले मानव अधिकारलाई मजाक बनाएको बनाएको बताइन । उनले परिषद्का सदस्य राष्ट्रहरूले आफूकहा हुने मानव अधिकार उल्लघंनका घटनाबाट ध्यान मोड्न राम्रो अवस्था भएका देशहरूलाई निशाना बनाउने गरेको आरोप लगाइन् ।

गत वर्ष राजदूत हेलीले राष्ट्रसंघको मानव अधिकार परिषद् इजरेलप्रति सधै पूर्वाग्रही भएको आरोप लगाउदै अमेरिकाले आफ्नो सदस्यताबारे पुनर्विचार गरिरहेको बताएकी थिइन् । सन् २००६ मा गठित जेनेभास्थित मानव अधिकार परिषद्ले मानव अधिकारको अवस्थाबारे प्रश्न उठाउन मिल्ने मुलुकहरूलाई पनि आफ्नो सदस्य बन्न दिएकोमा आलोचना खेप्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस