काठमाडौं । नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । माओवादी केन्द्र प्रदेश नम्बर १ कमिटीले पार्टी र गठबन्धनका विरुद्ध कसैले स्वतन्त्र उम्मेदवारी दिएको छ भने समयमै फिर्ता लिन निर्देशन दिएको हो ।
प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङले आइतबार जारी गरेको विज्ञप्तिमा विपक्षी उम्मेदवारलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोथग पुग्ने गतिविधिमा संलग्न भएको पाइए अनुशासनको कारबाही हुने स्पष्ट गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, ०६ : ४५
लेखकबाट थप