काठमाडौं । मंसिर ४ गते तय भएको आम निर्वाचनका लागि आइतवार देशभर उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ ।
निर्वाचन आयोगले निर्वाचन कार्यालयमा तोकिएको मापदण्ड पुरा गरेर मनोनयन दर्ता गराउन सकिने जनाएको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् ।
देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ८८ निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक जनशक्ति, सुरक्षा सहित सबै व्यवस्थापन पूरा गरिएको छ।
यसैबीच आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जना भन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, ०७ : ४४
लेखकबाट थप