चितवन । दिवंगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा मंगलबार पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग र चेकजाँच तथा निःशुल्क औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर–१४, शिवनगर स्वास्थ्य चौकीमा क्यान्सर स्क्रिनिङ्ग र चेकजाँच तथा निःशुल्क औषधि वितरण कार्य सम्पन्न गरिएको कार्यक्रम सहसंयोजक सृष्टि दाहाल केसीले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर चौधको संयोजन एवं बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा ज्ञानु दाहाल मेमोरियल ट्रष्ट नेपालले शिविरको आयोजना गरेको शिविरमा स्वास्थ्य जाँच गर्नका लागि महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम संयोजक सरस्वती दाहाल अधिकारीको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन समारोहको प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहाल रहनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस