एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको निरासाजनक यात्रा जारी छ। शनिबार लिभरपुल ब्राइटनविरुद्ध ३-३ गोलको बराबरी खेल्न बाध्य हुँदा उसले प्रिमियर लिगमा आफ्नो सातौँ खेलमा चौँथो बराबरीको नतिजा भोग्न बाध्य भयो।
लिभरपुलविरुद्ध ब्राइटनका लागि लेन्ड्रो ट्रोसार्डले ह्याट्रिक गरेका थिए। लिभरपुलका लागि भने रोबर्टो फिरमिनोले २ गोल गर्दा ब्राइटनका वेबस्टरले एक गोल आत्माघाति गोल गरेका थिए। ब्राइटनले १७ मिनेटमानै २-० को अग्रता बनाएको थियो। तर सानदार पुनरागमन गर्दे ३(२ को अवस्थामा ल्याएको थियो । तर अन्तिम समयमा लेन्ड्रोले ह्याट्रिक गर्दा लिभरपुल अंक बाँड्न बाध्य भएको थियो।
प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले भने अन्तिम समयमा सनसनिपुर्ण जित निकाल्यो। आफ्नो सातौ खेलमा चेल्सीले क्रिश्टल प्यालेसलाई २-१ ले पराजित गर्दा महत्वपुर्ण जित हासिल गरेको हो। चेल्सीको जितमा कोनर गलाघेरले अन्तिम मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।
त्यसअघि खेलमा अग्रता भने क्रिश्टल प्यालेसले इडौआर्डको गोलमार्फत ७ औँ मिनेटमा अग्रता बनाएको थियो। तर पहिलो हाफमानै औबमेयाङले ३८ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ गोलको बराबरी ल्याएका थिए। तर अन्तिम समयमा चेल्सीले निर्णायक अंक हात पार्योए।
प्रिमियर लिगकै अन्य खेलमा न्युक्यासलले फुलह्यामलाई ४-१ ले पराजित गर्दा एभर्टनले साउथहेम्टनलाई २(१ ले पराजित गर्योा। त्यस्तै वेस्टह्यामले वल्भेसलाई २-० ले पराजित गर्दा ब्रेन्ट फोर्ड र बर्नेमाउथले भने गोलरहित बराबरी खेलेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिभरपुलको उपाधि सम्भावना अझ बलियो
टोटनहामको पोस्टमा लिभरपुलको ६ गोल
लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी
च्याम्पियन्स लिगः लिभरपुल अन्तिम १६ नजिक
प्रिमियर लिगमा सिटीको हार कायमै, लिभरपुलको फराकिलो शीर्षस्थान
चेल्सीमाथि लिभरपुलको सहज जित