काठमाडौं । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन्, नारावाजीको क्रममा मेयर शाहको पुत्ला पनि जलाएका छन।
‘डोजर आतंक बन्द गर’ ‘नेवा विरोधी होसियार’ जस्ता नारावाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । सो क्रममा आक्रोशित स्थानीय वासिन्दाले महानगरपालिका– २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।
महानगरपालिकाले गत शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमीलगायत पुगेका थिए ।
सार्वजनिक मन्तब्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असोज २०७९, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामो भाषण गरेर समय लिने भन्दा काममा समय दिनुपर्छ: बालेन शाह
ओली लक्षित बालेनको टिप्पणी : गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला !
शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : बालेन शाह
'ओली नेतृत्व सरकारलाई कारबाही गर्नुपर्छ' : बालेन शाह
शहरी विकास मन्त्री बुढा र काठमाडौका मेयर बालेन शाहबीच भेट