काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उदेश्य नरहेको बताएका छन। आज (शुक्रबार) काठमाडौंमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए ।
उनले देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरुलाई जिताउन आग्रह गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने (प्यारालाइसिस) को अवस्थामा रहेको बताए । आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उहाँले उल्लेख गरे ।
उनले भने,‘आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको छ । एउटा पोलको लिड एमालेले गरेको छ । जसको राजनीतिक एजेण्डाहरु आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव अर्थात देश बनाउने सपनाहरुको उजागर हो । यो नेकपा एमालेले लिड गरेको पोल्टिकल पोल र एजेण्डाहरु हुन् । अर्कोतर्फ गठबन्धन छ । यो गठबन्धनको बारेमा मैले धेरै भन्नुपर्दैन, केही दिनअघि मात्रै आदरणीय मदनकृष्ण दाईले प्रस्तुतीमा राख्नुभएको थियो, म त्यो झल्झली सम्झन्छु । वास्तवमा हामीलाई त्यस्तै लाग्छ । जसको कुनै दृष्टिकोण छैन, उद्देश्य छैन् । कार्यक्रम छैन, गन्तव्य छैन् । त्यो गठबन्धनको नामले चिनिएको छ । राष्ट्रिय राजनीतिको अर्को पोल यही गठबन्धन हो । त्यस कारणले आज देश दुई पोलमा विभाजित बनेको अवस्था छ । यही बेलामा हामीले आफ्नो मत प्रयोग गरेर राष्ट्रिय राजनीतिको दुई पोलमा विभाजित भइरहेको अवस्थामा कुन पोललाई हामीले सबल बनाउने, पक्षमा उभ्याउने भन्ने बारेमा नेपाली जनताले फैसला गर्नेछन् । राज्यका अंगहरु कसरी प्यारालाइसिस हुँदैछन्, हामी हेर्दैछौँ, अदालतको हालत यस्तो छ । कार्यपालिकाको हालत कस्तो के छ, व्यक्तिहरुको अवस्था के छ सबै बुझेका छौँ । विधायिकाको अवस्था कस्तो छ, बुझेका छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असोज २०७९, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक : ईश्वर पोखरेल
समान विकासका लागि विश्वका सभ्यताको आदान-प्रदान आवश्यक : ईश्वर पोखरेल
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ : ईश्वर पोखरेल