एजेन्सी । इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्यूमन राइट्स ९आइएचआर०ले उक्त जानकारी दिएको हो ।
आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ । तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेको छ ।
हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसबीच, महिलाहरुले लगातार ११ औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ असोज २०७९, ०९ : १२
लेखकबाट थप