काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् । क्यानडाको मड्रियल सहरमा भोलिदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरु सहभागि हुनेछन् ।
सम्मेलनमा मन्त्री श्रेष्ठले उड्डयन सुरक्षा क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने छन् । साथै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नती तथा नयाँ विमानस्थल निर्माण लगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धीबारे पनि महासभालाई जानकारी गराउनेछन् ।
महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकास लगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ । महासभा अक्टोबर ७ सम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असोज २०७९, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उड्डयन क्षेत्र सुधार्ने नेपाल एयरलाइन्सले नै हो ; मन्त्री पाण्डे
राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन
हवाई टिकटको अनावश्यक भ्याट हटाइन्छ : पर्यटनमन्त्री तामाङ
यो वर्ष १६ लाख पर्यटक भित्र्याउँछौं : पर्यटनमन्त्री
नेपालमा लगानी गर्नुहोस्,लगानीको सुरक्षा सरकारले गर्छ : पर्यटनमन्त्री
अभिलेख संरक्षण परम्परागत भयो, आधुनिक तरिकाले गरौं : पर्यटनमन्त्री तामाङ