जापानमा गएको भूकम्पपछिका ताजा तस्बिर यस्ता छन् (फोटोफिचर)

एजेन्सी

सोमबार, ०४ असार २०७५, १४ : ४०
जापानमा गएको भूकम्पपछिका ताजा तस्बिर यस्ता छन् (फोटोफिचर)

टोकियो : जापानको दोस्रो ठूलो शहर ओसाकामा सोमबार बिहान ५ दशमलव ३ म्याग्निच्युडको  भूकम्प गएको छ । भूकम्पले सडक भत्काएको छ भने घरहरुमा पनि क्षति पुगेको छ । भूकम्पमा परेर दुइ जनाको मृत्यु भएको छ । भूकम्पमा परेर २० जना स्थानीय  व्यक्ति घाइते भएको जापान सरकारले जनाएको छ । मृत्यु हुनेमा एक जना ८० वर्षीय बृद्ध र अर्की नौ वर्षिया बालिका रहेको बताइएको छ । उद्धारकार्य जारी रहेको जापानको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी अधिकारीले जानकारी दिएका छन् । 
स्थानीय सञ्चारमाध्यमका अनुसार ५ दशमलव ३ म्याग्निच्युड मापन गरिएको यो भूकम्पको कारण विद्यायलको पर्खाल भत्किएर ती बालिकाको मृत्यु भएको थियो । अर्का बृद्धको पनि पर्खाल भत्किएर नै मृत्यु भएको जापानी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
जापानको दक्षिणी ओसाकामा सोमबार गएको भूकम्पपछि कस्तो रह्यो त्यहाँको जनजीवन ? हेर्नुहोस्, एपी र एएफपीका फोटो पत्रकारले खिचेका दस तस्बिर :

प्रतिक्रिया दिनुहोस