महोत्तरी । महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन । वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षीया श्रीमती अमना खातुन मृत अवस्थामा फेला परेकी हुन । अमना शुक्रवार घास काटन जंगल गएकी थिइन ।
मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।महिलाको शरीरभरी चोट र रक्ताम्मे देखिएको हुदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
शवको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाई यथासक्य छानविनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।
घटनाको बिषयमा गम्भीर ढङगले अनुसन्धान अगाडि बढाइएको र राति सव भेटिएको हुनाले पोष्टमार्टमको लागि बिहानमात्र पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए । मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलालाई सीप सिकाउँदै स्थानीय तह
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
गुल्मीमा एक जना महिला मृत फेला
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ
सर्लाहीमा एक महिलाको हत्या
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु