काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद (आउटराइट पर्चेज) मार्फत बैंकिङ प्रणालीमा ४० अर्ब तरलता पठाउन खोजे पनि बैंकहरुले ब्याजदर बढी खोजे पछि करिब २९ अर्ब मात्रै पठाएको छ ।
बिहीबार राष्ट्र बैंकले तरलता अभाव बढ्दै गएपछि ट्रेजरी बिल सोझै खरिदमार्फत ४० अर्ब तरलता प्रणालीमा पठाउन बोलकबोल आह्वान गरेको थियो ।शुक्रबार निष्कासन हुने गरी भएको बोलकबोलमा बैंकहरुले ब्याजदर दोहोरो अंकसम्म पुर्याएपछि २८ अर्ब ८५ करोडको मात्रै ट्रेजरी बिल राष्ट्र बैंकले खरिद गरेको छ ।
बैंकहरुले आफूसँग भएको ट्रेजरी बिल दिएर १७ बैंकले ४६ अर्ब ९९ करोड ५० लाख रुपैयाँ तरलता माग गरेका थिए । तर, राष्ट्र बैकले भने २८ अर्ब ८५ करोडको मात्रै ट्रेजरी बिल खरिद गरेर प्रणालीमा तरलता पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असोज २०७९, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकको गर्यो तीन बैंकलाई कारबाही
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकको अध्ययन-कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल