एजेन्सी । १० खेलाडीमा सीमित इल्चेलाई ३-० ले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा मेम्पिस डिपाएले एक गोल गरे । खेलको १४औं मिनेटमा गोन्जालो भर्डुले रातो कार्ड पाउदै मैदान छोडेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो ।
घरेलु टिमका लागि रोवर्ट लेवान्डोवस्कीले ३४औं मिनेटमा अग्रता दिलाएका थिए । यस्तै, ४१औं मिनेटमा मेम्फिस डिपेले बार्सिलोनाको अग्रता दोब्बर पारे । ४८औं मिनेटमा लेवान्डोवस्कीले नै बार्सिलोनाका लागि तेस्रो गोल गरे ।
यसै सिजन बायर्न म्युनिखबाट क्याम्प नोउ भित्रिएका लेवान्डोवस्कीले बार्सिलोनाबाट सबैखाले प्रतियोगितामा गरी गरेको यो ११औं गोल हो । बार्सिलोना यो सिजन घरेलु लिगमा अझै अपराजित छ ।
जितसँगै ६ खेलबाट १६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लियो । यद्यपि, एक अंकले मात्र दोस्रो स्थानमा रहेको रियल मड्रिडले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ असोज २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिँदा रियललाई फाइदा
एम्बाप्पेले पेनाल्टी मिस गर्दा रियल पराजित
स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित
आल्भेजमाथि रियल म्याड्रिडको जित
कोरियाको गोलमा एटलेटिको म्याड्रिड विजयी
स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड र इस्पान्योल बराबरीमा