महेन्द्रनगर । शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ। यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन्।
शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० लाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ।
‘पैतीस जतिलाई पारि जङ्गलको उच्च भागमा सारेका छौँ भने १५ जनालाई वारितर्फको सुरक्षित भागमा ल्याएका छौँ।’ डुबानस्थलबाट सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले भने, ‘वनहराको बाढी बस्ती छेउको खोल्सोमा आउँदा पूरै बस्ती डुबानमा छ।’
स्थानीयवासीले जानकारी दिएपछि उद्धारका लागि झलारीस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली एकाबिहानैदेखि खटिएको उनले बताए।
वडानं १२ को वैवाह भन्ने ठाउँमा पनि नदीको कटानले बस्ती डुबानको खतरामा रहेको खबर आएपछि इलाका प्रहरी र सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ प्रस्थान गरेको छ। त्यहाँ पनि डुबानको जोखिम रहेकाले सशस्त्र प्रहरी र प्रहरीको टोली त्यसतर्फ गएको र विस्तृत जानकारी आउन बाँकी रहेको सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२९४ जनाको सकुशल हवाई उद्दार
नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा
उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीपंक्तिलाई सभापति देउवाको निर्देशन
चितवनका विभिन्न स्थानमा भारी वर्षा
बाढी, पहिरो र डुबानमा परेर १७० जनाको मृत्यु, २०३ जना घाइते, ४८ बेपत्ता
ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार