ट्रम्पले उत्तर कोरियाका जनरललाई सलाम फर्काएको भिडियो फुटेज सार्वजनिक

शनिबार, ०२ असार २०७५, ११ : ००

एजेन्सी । उत्तर कोरियाको सरकारी मिडियाले जारी गरेको एक नयाँ भिडियो फुटेजमा यो हप्ता सिङ्गापुरमा भएको शिखर वार्ताको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले एक उत्तर कोरियाली जनरललाई सलाम फर्काएको देखिएको छ ।

सामान्यता शत्रु देशका सेनाका प्रतिनिधिलाई सलाम फर्काइदैन । कुनै मित्र राष्ट्रको सेना अधिकारीले सलाम गरे त्यसलाई फर्काउने अमेरिकी सैन्य अधिकारीहरुमा आम अभ्यास छ ।

यसलाई सैन्य व्यावसायिकताको रुपमा हेरिन्छ । अमरिकी राष्ट्रपतिले भने त्यस्तो सलाम फर्काउनै पर्छ भन्ने कुनै नियम छैन । यदी गरेनै भने पनि यसलाई आपसी सम्मानको रुपमा हेरिन्छ ।

उत्तर कोरियाको सरकारी प्रशारणकर्ता केसीटीभीले देखाएको एक भिडियोमा ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनसँगसँगै अघि बढेर हात मिलाई सकेपछि किमका विभिन्न प्रतिनिधिहरु रहेको कोठामा प्रवेश गर्छन् ।

त्यसपछि ट्रम्प कोठामा भएकाहरुसँग हात मिलाउन थाल्छन् । त्यसक्रममा पूर्ण युनिफर्ममा रहेका उत्तर कोरियाली जनरल नो क्वाङ्ग चोलसँग साक्षात्कार भएपछि पहिले ट्रम्पले हात अघि बढाउन् जसलाई जनरले सलामले फर्काउन् ।

ट्रम्पले पनि त्यसपछि उनलाई सलामा फर्काउछन् । त्यसपछि पुन ट्रम्पले हात दिन्छन् र दुई नेताले हात मिलाउछन् । अमेरिकी अधिकारीका अनुसार ट्रम्पलाई विदेशी सैन्य अधिकारीहरुलाई सलाम नगर्नको लागि सल्लाह दिइएको थियो ।
विभिन्न पक्षबाट विरोध भइरहदाँ ह्वाइट हाउसले भने उक्त कार्यलाई ‘सामान्य भद्रता’ भएको मात्रै उल्लेख ग¥यो ।

बिहिबार ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङ्गमा बोल्दै प्रेस सचिव साराह स्याण्डर्सले भनिन् ‘जब एक अर्को सरकारको सैन्य अधिकारीले सलाम गर्दा त्यसलाई फर्काउनु सामान्य भद्रता हो ।’

प्रतिक्रिया दिनुहोस