चितवन । चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेकोे ‘जनताको साथमा कांग्रेस अभियानको समापन कार्यक्रममा देउवाले यस्तो बताएका हुन् । गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता–कार्यकर्ताहरू डरले थरर हुने गरेको उनले स्मरण गराए ।
उनले भने पहिले केही थिएन । अहिले सरकार हाम्रो नेतृत्वमा छ । मुख्यमन्त्रीहरू पनि हाम्रा छन् । यहीँकै मान्छे मन्त्री बने । यो त भोलि पनि हुन्छ नि त्यसैले गठबन्धन सही छ ।
देउवा नेपाली सेनाको हेलिकप्टर मार्फत भरतपुर विमानस्थलमा अवतरण गरेका हुन् । आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आएका हुन् । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
शुक्रबार, २४ भदौ २०७९, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काङ्ग्रेस सभापति देउवाले कार्यकाल लम्बाउन बनाए यस्तो रणनीति
गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज छ : शेरबहादुर देउवा
उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो : देउवा
ल्होसारले बन्धुत्वको भावना मजबुत बनाउँछ : सभापति देउवा
पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्याउँछन् : सभापति देउवा
सभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुको भेट