जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् ।प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरुले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् ।
उनीहरुले राजीनामा पत्रमा लेखेका छन्, ‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं ।’केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करण शाहमाथि केही व्यक्तिले दुव्र्यवहार गरेका थिए । त्यो दुव्र्यवहारमा संलग्नलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरूले गरेको आन्दोलनलाई स्थानीय केही व्यक्तिले मुठभेडमा लैजान खोजेको आरोप कर्मचारीहरूले लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुँदै
कर्णाली स्वास्थ्य प्रतिष्ठानको दीक्षान्त हुँदै