चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा अधिकारी सिफारिस

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १३ : ३२
चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा अधिकारी सिफारिस

 चितवन ।आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस भएका छन्  । अधिकारी भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार समेत हुन् । प्रेस सेन्टर नेकपा माओवादी निकट पत्रकारको संगठन हो ।
नेकपा माओवादी केन्द्र पार्टीको २ नम्बर क्षेत्रिय निर्वाचन परिचालन समितिको बैठकले अधिकारीको नाम सिफारिस गरेको हो । प्रेस सेन्टर चितवनको संस्थापनक अध्यक्ष अधिकारी लामो समयदेखि पत्रकारितामार्फत पार्टी राजनीतिमा सक्रिय छन्  । प्रष्ट वक्ता र खरो स्वाभावका अधिकारी जनयुद्धकाका बेला राज्यद्धारा गिराफ्तारमा परी पटक पटक गरी १४ महिना जेल जीवन बिताएका थिए ।

चितवनका युवामाझ लोकप्रिय अधिकारीले पार्टीले प्रदेश सांसदको टिकट दिए सहज जित हासिल गर्ने बताए । प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ को लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक मतले सिफारिस भइसकेका छन्। यस्तै क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा समानुपातिक सांसदका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञानु बस्नेत, माओवादी नेताहरु रणेन्द्र बराली, डा. बुद्धि नेपाली र खेम दर्जी सिफारिस भएका छन् । 

यस्तै प्रदेश ३ ख को प्रत्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्य सुवेदी पथिक, यम बहादुर परियार, ठाकुर ढकाल तथा नेकपा माओवादी केन्द्र चितवन जिल्लाका सचिव द्रोणबाबु शिवाकोटी र माडी नगर अध्यक्ष प्रभू महतो, गोपाल न्यौपाने र सुमन बराल सिफारिस भएका छन्। प्रदेशको समानुपातिक सांसदमा विष्णु चौधरी, अम्बिका लामिछाने, नन्दलाल दाहाल, नेत्र काफ्ले, निशा न्यौपाने, राजकुमार श्रेष्ठ, देविराम विक, सुरेन्द्र गुरुङ र उमा बस्ताकोटी सिफारिस गरिएको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट युवा नेता रामचन्द्र अधिकारी आरसी को नाम सिफारिस गरेको छ ।अधिकारी चितवन जिल्ला संयोजक हुन् । यस्तै चितवन– २ को प्रदेशसभा क मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश ख मा सुरेशचन्द्र अधिकारी, निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस गरिएको छ । यस्तै प्रतिनिधिसभा प्रदेश २ को समानुपातिकमा विष्णु कोईराला, धर्मेन्द्र वन, उत्तम गुरुङ, सरिता गुरुङ, अप्सरा पौडेल, सविता लामा, कुल बहादुर विक, जानकी काफ्ले, नविन विसी र रत्नलाल शर्मा सिफारिस  भएका छन् । यस्तै प्रदेश ख को समानुपातिकमा नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका अध्यक्ष ईश्वर सापकोटा सुमन, पवित्रा रिजाल र करण बहादुर आग्री सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस