कुनै बेला एयरपोर्टमा क्लिनरको काम गर्ने यी व्यक्ति अहिले एयरलाइन्सका मालिक

विहीबार, ३१ जेठ २०७५, १२ : ५२
कुनै बेला एयरपोर्टमा क्लिनरको काम गर्ने यी व्यक्ति अहिले एयरलाइन्सका मालिक

बेलायतका एक व्यक्तिले सफलताको नयाँ इतिहास लेखेका छन् । कुनै बेला एयरपोर्टमा सरसफाइको काम गर्ने यी व्यक्तिले आफ्नो एयरलाइन्स लञ्च गर्दैछन् । लण्डनमा बस्ने यी व्यक्तिको नाम काजी साफिकुर रहमान हो । उनी आफूलाई ‘हलाल रिचर्ड ब्रान्सन’ भन्न रुचाउँछन् । काजी रहमानको एयरलाइन्सको नाम फिरनास एयरवेज हो । आफ्नो पहिलो उडानसँगै फिरनास एयरवेज शरियत कानूनमा चल्ने ब्रिटेनको पहिलो एयरलाइन्स बन्नेछ ।

यसको अर्थ, यो एयरलाइन्सले तपाईंलाई इस्लामको कानून अनुसार सुविधा दिनेछ । अर्थात्, यो एयरलाइन्समा तपाईंले रक्सी सेवन गर्न पाउनु हुन्न, विमानभित्र इस्लामिक खाना पस्किइनेछ र क्याबिन क्रुको हिजाबसहितको भिन्न पहिरन देख्न पाउनुहुन्छ । बंगलादेश मूलका काजी रहमानको जीवनबारे च्यानल फोरले ‘हाउ टु स्टार्ट एन एयरलाइन्स’ नामक डकुमेन्ट्री प्रसारण गरेको छ ।

काजीको योजना भविष्यमा ब्रिटेनबाट यूएई, पाकिस्तान, बंगलादेशका लागि सेवा दिनु हो । साथै, यो एयरलाइन्समा तपाईंले हिजाब लगाएकी एयरहोस्टेज पनि देख्न सक्नुहुन्छ । ३२ वर्षका काजी रहमान एक सन्तानका पिता हुन् । उनी आफ्नो परिवासँग ११ वर्षको उमेरमा सन् १९९७ मा ब्रिटेन आएका थिए ।

उनले विद्यालयमा पढाई सकाएपछि लण्डन सिटि एयरपोर्टमा सरसफाई कर्मचारीको रुपमा काम सुरु गरेका थिए । उनले आफ्नो डकुमेन्ट्रीमा उनी सुरुदेखि नै ठूलो सोच राख्ने व्यक्ति भएको बताए । क्लिनरको काम गर्न पनि उनी सुटबुट लगाएर जाने गरेको बताए ।

काजी रहमानको सफलता उनको परफ्युम व्यवसाय सुन्नामस्कबाट प्राप्त भएको हो । उनका सात दाजुभाइ दिदीबहिनी मध्येका एक इजिप्टमा बस्थे । उनले नै त्यहाँबाट उनलाई परफ्युम पठाउने गर्दथे । उनको व्यवसाय निकै फस्टायो । सन् २००९ मा कम्पनी स्थापित गरेर पाँचवटा स्टोर खोले । उनका भाई काजी अबिदुर रहमान, सुन्नामस्कका मुख्य कार्यकारी अधिकारीले उनले डकुमेन्ट्रीमा भने, ‘उनलाई धेरैले घृणा गर्छन् तर उनको समर्थनमा पनि धेरै छन् ।’

यदि फिरनासले राम्रो गर्न सकेन भने यसले हाम्रो इज्जतमा दाग लाग्नेछ । हाम्रो समाजमा इज्जत नै सबैकुरा हो ।’ रहमान आफ्नो वास्तविक प्यासन एभिएसन भएको बताउँछन् । आफूले बाल्यवस्थादेखि नै यसबारे सपना देख्ने गरेको उनले बताए ।

उनले भने, ‘हामी निकै चाँडै हुर्कियौं । अहिले मेरो वास्तविक प्यासन बिस्तार गर्ने बेला आएको छ ।’ ‘जब म विमान देख्छु तब म उत्साहित भइहाल्छु । यसले मलाई खुसी दिन्छ । यसप्रति मेरो लगाव पहिलो पटक विमान देख्दा नै थाहा पाएको थिएँ ।’ अहिले फिरनास एयरवेज आफ्नो १९ सिटे विमानलाई भाडामा उपलब्ध गराउँदै छ । काजीका अनुसार उनको फिरनासले चाँडै नै पहिलो उडान भर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस