काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए ।
अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेका थिए । त्यसको जानकारी उनले पार्टी सभापति शेरबहादुर देउवालाई गराइसकेका उनी निकट एक नेताले बताए ।
राजेन्द्र महतोले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा ३ सँगै सर्लाहीको ४ र २ मा पनि चुनाव लड्न प्रस्ताव आएको बताएका छन् । उनी कहाँबाट निर्वाचन लड्छन् भन्ने एकिन भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको काम सन्तोषजनक छैन : कांग्रेस नेता निधि
बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि
प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ: विमलेन्द्र निधि
कांग्रेस-एमालेबीच समझदारी भएरमात्रै होईन, संविधान संशोधनको जरुरत छः विमलेन्द्र निधि
रविलाई विमलेन्द्र निधिको प्रश्न- क्लीन चिटको परिभाषा बदलिएको हो ?