सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौकुने गाउँपालिका–२ का १९ वर्षीय बिक्रम कठायत रहेका छन् ।
उनीसहित २५ वर्षीय बम बहादुर कठायत र बिर्ख बहादुर बुढा खसी खोज्नका लागि हिँडेकोमा दानीगौडास्थित जंगलमा बिक्रम कठायत शौच गर्न जान्छु भनी जंगलतिर गएको अवस्थामा जंगली बँदेलले आक्रमण गरेको हो ।
उनी कराएको आवाज आएपछि साथमा गएका दुई जना जंगलतिर गएर हेर्दा बँदेलले आक्रमण गरेको अवस्थामा भेटिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, २० : ४२
लेखकबाट थप