प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

मंगलबार, २९ जेठ २०७५, १८ : १६
प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलवार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले कामु प्रधानन्यायाधीश रहेका जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेको हो ।
कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्य दक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको   कानुनमन्त्री शेरबहादुर  तामाङले बताए ।

सर्वोच्चमा चैत १ गतेदेखि प्रधानन्यायाधीश पद रिक्त थियो । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएसँगै उक्त पद रिक्त भएको हो ।  लामो समयसम्म सर्वोच्च अदालत नेतृत्वविहीन भए पनि संसदको कार्यसञ्चालन नियमावली नबन्दा संसदीय सुनुवाइ समिति गठन नभएकाले प्रधानन्यायाधीश चयन प्रक्रिया रोकिएको थियो ।

संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि जोशीलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस