एजेन्सी । बंगलादेशमा ऊर्जा संकट निम्तिएको छ । यससँगै, बिजुली बचाउनका लागि बंगलादेश सरकारले स्थानीय विद्यालय र कार्यालय समय घटाउने निर्णय गरेको छ । बंगलादेशले गत महिनादेखि नै दैनिक २ घन्टा लोडसेडिङ सुरू गरेको थियो ।
यही समयमा बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । मूल्यवृद्धि र ऊर्जा संकटकाबीचमा बंगलादेशी नागरिकहरू सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सरकारले सुरू गरेको औपचारिक लोडसेडिङको विरोध गरिरहेका छन् ।
रुस–युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढ्दा बंगलादेशको विदेशी मुद्राको भण्डारण रित्तिन लागेको छ । ऊर्जा संकट निम्तिएपछि यसअघि शुक्रबार मात्रै बन्द हुँदै आएका विद्यालय शनिबार पनि बन्द गर्न थालिएको छ । बंगलादेश मन्त्रिपरिषद्का सचिवले यसलाई पुष्टि गरेका छन् ।
यसका साथै, बंगलादेशले बैंक र सरकारी कार्यालयको काम गर्ने अवधि घटाएको छ । यसअघि दैनिक ८ घन्टा रहेको यस क्षेत्रको काम गर्ने अवधि ७ घन्टामा ल्याइएको छ । खासगरी, बंगलादेशले कोइला र डिजेलमा आधारित विद्युतीय प्यान्टहरू सञ्चालन गर्दै आइरहेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा यी वस्तुको मूल्य बढेपछि बंगलादेशलाई समस्या परेको हो ।
बंगलादेशले आयातित डिजेलबाट देशमा उत्पादन हुने कूल विद्युतको ६ प्रतिशत बिजुली उत्पादन गर्दै आइरहेको छ । जुन, मूल्यवृद्धिका कारण समस्यामा परेका छन् । यस्तै, बंगलादेशले आयातित प्राकृतिक ग्यासबाट समेत बिजुली उत्पादन गर्दै आइरहेको छ । समस्याका बाबजुद गाँउ र कृषकलाई बिजुली उपलब्ध गराउने बंगलादेश मन्त्रिपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०७ भदौ २०७९, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो
बंगलादेशमा एक वर्षभित्र निर्वाचन हुने
हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई आग्रह गर्ने
नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
नेपाल र बंगलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको इप्पानद्वारा स्वागत