ट्रम्पले चाहे पुटिन जुनसुकै बेला भेट्न तयार

आइतबार, २७ जेठ २०७५, १८ : ००
ट्रम्पले चाहे पुटिन जुनसुकै बेला भेट्न तयार

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताउनुभएको छ ।

अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु, आइतबार उहाँले भन्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्तागर्न आफू तयार रहेको उहाँले आइतबार जानकारी दिनुभएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

“जति चाँडो अमेरिकाले आफू तयार रहेको बताउछ, त्यति नै चाँडो म ट्रम्पसँग भेटवार्ताका लागि तयार छु,” चीन भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति पुटिनले संवाददातासँग भन्नुभयो । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस