ताइपेइ । ताइवानको विदेश मन्त्रालयले ताइवान स्ट्रेट र क्षेत्रमा सुरक्षा र शान्ति कायम गर्न ‘ठोस कार्य’ गरेकोमा संयुक्त राज्य अमेरिकाप्रति आफ्नो ‘निष्ठापूर्वक कृतज्ञता’ व्यक्त गरेको छ । शनिबार एक विज्ञप्तिमार्फत यस्ताे व्यक्त गरिएकाे हाे ।
यसअघि अमेरिकी इन्डो–प्यासिफिक संयोजक कर्ट क्याम्पबेलले चीनले अमेरिकी तल्लो सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणमा ‘अत्यधिक प्रतिक्रिया’ देखाएको बताएकी थिइन् ।
पेलोसीले एसिया भ्रमणका क्रमममा गत साता ताइवानको भ्रमण गरेकी थिइन् । पेलोसीको ताइवान भ्रमणको चीनले निन्दा गरेको थियो । भ्रमणको विरोधमा ताइवान स्ट्रेटमा सैन्य अभ्यास गरेको थियो । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २८ साउन २०७९, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी चुनावमा दलकारिता: न्यूयोर्क टाइम्स कमला र न्यूयोर्क पोस्ट ट्रम्प पक्ष