काठमाडौँ । प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा .लि का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष डा.गणेश साहद्धारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त प्रा .लि बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लोकहित डेन्टल हस्पिटलद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट प्रदान नहुने जानकारी गराएको छ ।
उक्त सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रा .लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ साउन २०७९, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबीच कर्जा प्रवाह सम्झौता
प्रभु बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरको टिकटमा विशेष छुट
प्रभु बैंक र बुद्ध एयरबिच छुट सम्झौता
प्युठान को बिजुवारमा प्रभु बैंक को ३१५ औं शाखा सञ्चालनमा
प्रभु बैँक र आगन्तुक रिसोर्टबिच छुटसम्बन्धी सम्झौता
प्रभु बैंकका ग्राहकले बागलुङका दुई होटलमा विशेष छुट पाउने