चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन ।
सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको बिकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए ।
उनले भने “सरकार पनि गठन्धनको छ । गठवन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।”तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उहाँको दावी छ । तालमलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे“एमालेसंग प्रतिशपर्धा गर्नका लागि एक हुनु पर्यो ।” अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोही संग सहकार्य गरेर मात्रै निर्बाचनमा आउने उनको भनाई थियो ।
संबिधान र ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँमा भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताए । यसै बिच नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताए।
उनले भने “टिकट बितरण देखि उम्मेदवारलाई बिजयी गाउने सम्मको रोडम्याप अहिले देखिनै बनाउँनु पर्छ ।”देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उनको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै पौडेलले भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताए । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिबेशन हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ साउन २०७९, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त हुने छः शशाङ्क कोइराला
निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : शशाङ्क कोइराला
गठबन्धन टुट्दा लुकेको खुसी मिलेको छ : शशाङ्क कोइराला