प्रेस चौतारी गण्डकीको अध्यक्षमा पुनः इन्द्र पौडेल

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०८१, १६ : ३१
प्रेस चौतारी गण्डकीको अध्यक्षमा पुनः इन्द्र पौडेल

पोखरा । प्रेस चौतारी गण्डकी प्रदेश समितिको अध्यक्षमा पुनः इन्द्रप्रसाद पौडेल चयन भएका छन् । नवलपुरमा सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट आगामी ३ वर्षका लागि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा इतराज गुरुङ र रञ्जिता शर्मा, महासचिव आश गुरुङ, कोषाध्यक्ष मदनराज तिमिल्सिना चयन भए । सचिवमा सिर्जना बराल, गौरव त्रिपाठी, गोपाल जिटी, बालकृष्ण सुवेदी र दिलबहादुर विक चयन भएका निर्वाचन समितिले जनाएको छ ।

समितिको सदस्यहरूमा रोशन लामिछाने, राजन पौडेल, डा. नरनाथ पाण्डे, हरि सुवेदी, राम सुनार, अर्जुन गाहा सुशान्त, विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहरा र नीरज थकाली छन् ।

प्रतिक्रिया दिनुहोस