उत्तरपूर्वी सिरियामा भएको हमलामा ३८ सर्वसाधारण मारिए

शुक्रबार, २५ जेठ २०७५, १७ : ३७
उत्तरपूर्वी सिरियामा भएको हमलामा ३८ सर्वसाधारण मारिए

बेरुत । उत्तरपश्चिमी सिरियाको एक आवासीय क्षेत्रमा रुसआवद्ध हवाई कारबाहीमा परी कम्तीमा ३८ सर्वसाधारण मारिएका छन् । बेलायल आवद्ध मानवअधिकारीवादी संस्थाले शुक्रबार सो जानकारी दिएको छ । बिहीबार अवेर राति भएको उक्त कारबाहीमा परी पाँच बालबालिकासहित ३८ व्यक्तिले ज्यान गुमाएका छन् ।

आक्रमणबाट क्षतविक्षत भएको संरचनाको थुप्रोबाट थप शवहरु निकालिएको र घाइतेमध्ये केही थप व्यक्तिको मृत्यु भएपछि मृतकको सङ्ख्या ३८ पुगेको बताइएको छ ।

सिरियाको उत्तरपश्चिम प्रान्त इद्लिबको जर्दाना क्षेत्रमा रुसआवद्ध सो कारबाही जारी रहेको बेलायतआवद्ध ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ मानवअधिकारीवादी समूहले जानकारी दिएको छ ।

सिरियामा सन् २०११ मा राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सो गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स हाबी हँुदै गयो ।

यस द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । जारी आन्दोलनमा परी लाखाँै घाइते भएका छन् भने लाखाँैले आफ्नो देश छोडी विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस