राजनीति सजिलो यात्रा होइन​ : माधव नेपाल

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १७ : ३७
राजनीति सजिलो यात्रा होइन​ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् ।शुक्रबार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरू जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुराना महिला योद्धालाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए ।

अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रूपमा गर्न सम्भव नभएको बताए । उनले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने सुनाए ।अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाको आचरण अनुरुपमा राजनीतिक उद्देश्य राख्नुपर्ने भनाइ राखे ।

‘पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चिजहरूको चुनौती सामान गर्नुपर्छ । तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिकको उद्देश्य जनताको सेवा गर्ने हो,समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचरण हुनुपर्छ,' उनले भने ।

अध्यक्ष नेपालले पुराना योद्धाहरूबाट प्रेरणा लिन, सम्मान गर्न र उनीहरुको योगदानको प्रशंशा गर्न सके मात्र इतिहासको कदर गरेको ठहरिने बताए । उनले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्न सक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस