काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चुनावको मिति घोषणा गर्दा प्रतिपक्षीलाई बेवास्ता नगरिएको बताएका छन् । उनले बिहीबारको मन्त्रिपरिषद् बैठकअघि चुनावको मिति घोषणाबारे परामर्श गर्न एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीलाई फोन गरेपनि सम्पर्क हुन नसकेको जिकिर गरे ।
सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रतिपक्षीलाई बेवास्ता गरिएको भनिनु गलत भएको बताए । एमालेका केही नेताहरुले चुनावको घोषणा गर्दा सरकारले प्रतिपक्षसँग परामर्श नगरेको गुनासो गरेपछि उनले यस्तो बताएका हुन् ।
उनले मंसिर ४ को चुनाव अपेक्षित भएकाले यसमा सबै जानकार रहेको पनि बताए । गठबन्धनको बैठकले संघ र प्रदेशमा पाँच वटै दलबीच तालमेल गरेर जाने निर्णय गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, १२ : ४५
लेखकबाट थप