केन्द्रीय समिति बैठकमा पुनर्जागरणका लागि जस्तोसुकै परिस्थिति भोग्न आफूहरू तयार : महामन्त्री किरण

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, ११ : १६
केन्द्रीय समिति बैठकमा पुनर्जागरणका लागि जस्तोसुकै परिस्थिति भोग्न आफूहरू तयार : महामन्त्री किरण

पुनर्जागरण पार्टीका महामन्त्री रवि किरण हमालले केन्द्रीय समिति बैठकमा पुनर्जागरणका लागि जस्तोसुकै परिस्थिति भोग्न आफूहरू तयार रहेको बताएका छन्।

 किरणले नेपालमा मात्र होइन विश्व राजनीतिमा पुनर्जागरण आवश्यक रहेको बताएका छन्।किरणले केन्द्रीय सदस्यहरुलाई पुनर्जागरणका लागि मुटु र मस्तिष्क दह्रो बनाउन आग्रह गरेका छन्। उनले भने ‘हामीलाई देखेर धेरै मानिस हास्न सक्छन्,मजाक गर्न सक्छन्, धैर्य गर्नुपर्नेछ।’

पुनर्जागरण पार्टीले पुर्वीय दर्शनमा आधारित मानवतावाद लाई राजनैतिक विचारको रूपमा अगाडि सारेको छ।शनिवार पार्टीको तर्फबाट पत्रकार सम्मेलन गर्ने निर्णय भएको छ।निर्वाचन आयोगमा दर्ता भएपछि पुनर्जागरण पार्टीले हिजोदेखि केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बैठक आज पनि जारी छ।

 

प्रतिक्रिया दिनुहोस