काठमाडौं । नेकपा बहुमत पार्टी र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच एकता हुने भएको छ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ र क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ सहितको वार्ता टोलीले पार्टी एकता गर्ने सहमति गरेको हो ।
वैद्य र बास्तोलाले संयुक्त रूपमा वक्तव्य जारी गर्दै पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति दिन भन्दै पार्टी एकता संयोजन समिति समेत गठन गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, १० : ४०
लेखकबाट थप