नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरूप्रति जनताको वितृष्णा बढ्दै गएकाले यसबारेमा समीक्षा हुनुपर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
'यो राजनीतिमा जुन खिचडी बनाइयो, त्यो जनतामा राजनीति पार्टी, राजनीति नेताप्रति जुन वितृष्णा पैदा हुने काम भइरहेको छ नि यो कहाँबाट भइरहेको छ, त्यो हामीले पत्ता लगाउनुपर्छ,' उनले भने । राजनीतिक दल र नेताहरूप्रति जनताको वितृष्णा बढ्नु स्वभाविक भएको बताए । नेताहरूबाट जनताले आशा गरेअनुसारका कुरा प्राप्त गर्न नसकेका कारण वितृष्णा पैदा भएको उनको भनाइ छ । यद्यपि राजनीति त्यति सजिलो चिज नभएको उनले बताए ।
'राजनीतिबाट मानिसलाई वितृष्णा भो, राजनीतिबाट जसरी मान्छेले आशा गरेका थिए त्यो मात्रामा प्राप्त गर्न नसकेपछि त्यो वितृष्णाको कारणले मान्छेमा असन्तुष्टि पैदा भएर मान्छेले एक छिनलाई गर्छ । तर राजनीति त्यति सजिलो चिज होइन्' उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १६ : २८
लेखकबाट थप