भोलिदेखि मतदाता नामावली संकलन रोकिने

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १५ : १३
भोलिदेखि मतदाता नामावली संकलन रोकिने

काठमाडाैँ । सरकारले मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले काम सुरु गर्ने भएको छ। सरकारले चुनावको घोषणा गरेसँगै आयोगले दल दर्ता लगायतको काम सुरु गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल लाइभसँग बताए। 

उनले आयोगले चलाइरहेको मतदाता नामावली भने भोलि देखि नै रोकिने बताए।सरकारले निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली संकलन रोकिने परम्परा रहँदै आएकाले सोही अनुसार आयोग निर्वाचन केन्द्रित हुने उनले बताए।

आयोगले यसअघि मंसिर २ गते निर्वाचनको मिति प्रस्ताव गरेको थियो। तर सरकारले मंसिर ४ गते एकै चरणमा दुवै निर्वाचन गर्ने घोषणा गरेको छ। स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरुको विवरणले प्रतिनिधि सभा र प्रदेश सभामा नहुने भएकाले नयाँ दर्ता गर्नुपर्ने प्रमुख आयुक्त थपलियाले बताए।

प्रतिक्रिया दिनुहोस